गण्डकीमा गुरुङ र मगर भाषालाई सरकारी कामकाजमा प्रयोग गर्न माग

पाेखरा | माघ १७, २०८०

गण्डकीमा गुरुङ र मगर भाषालाई सरकारी कामकाजमा प्रयोग गर्न माग

पोखरा:    गण्डकी प्रदेशको सरकारी कामकाजको भाषामा गुरुङ र मगर भाषालाई कार्यान्वयन गर्न माग गरिएको छ । नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासङ्घ कास्कीले गुरुङ र मगर भाषालाई सरकारी कामकाजमा प्रयोग गर्न माग सहित मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई ज्ञापनपत्र बुझाएको हो ।


नेपालमा बोलिने ११ भाषालाई भाषा आयोगले भदौ २१ मा सरकारी कामकाजको भाषाका रूपमा प्रयोगमा ल्याउन सिफारिस गरिसकेको छ । उक्त सिफारिसलाई ध्यानाकर्षण गराउँदै गण्डकीमा गुरुङ र मगर भाषा प्रयोगमा ल्याउनुपर्ने अध्यक्ष आशबहादुर गुरुङले बताए ।


‘केही प्रदेशमा मातृभाषा सरकारी कामकाजको भाषाका रूपमा प्रयोग भैसकेका छन् । गण्डकीमा यसको सुरुआत भएको छैन,’ उनले भने, ‘तत्कालै यसको व्यवस्था सरकारले गर्नुपर्छ ।’ गण्डकी प्रदेशकी सांसद सरस्वती गुरुङले बहुजातीय विविधतालाई सरकारले संवेदनशील भएर सोच्नुपर्ने बताइन् ।


मुख्यमन्त्री पाण्डेले सरकारको नीति तथा कार्यक्रममै यो विषय समावेश गरिसकेकाले छिट्टै कानुन बनाएर कार्यान्वयन गर्ने बताएका छन् । ‘नीति कार्यक्रममा आइसकेको छ । सरकार गम्भीर पनि छ,’ उनले भने, ‘अब कानून मार्फत व्यवस्थित गर्छौं । तपाईंहरुको मागप्रति सरकारले ध्यान दिन्छ ।’

पोखरा -   नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापनाको ५० औँ वर्ष (स्वर्ण जयन्ती) लाई वर्षभरि नै विविध कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ ।    नेपाल पत्रकार महासंघ, कास्कीले बु...

थप पढ्नुहोस्

पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ।   पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...

थप पढ्नुहोस्

राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्।   चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

थप पढ्नुहोस्